लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २४, उपराष्ट्रपति परमानन्द झाले आइतबार दोस्रोपटक शपथ लिएका छन् । उनले यसअघि हिन्दी भाषामा लिएको शपथ सर्वोच्च अदालतले खारेज गरेपछि झाले पाँचमहिना पछि नेपाली र मैथिली भाषामा शपथ लिएका छन् ।नेपाली राष्ट्रिय पोशाकमा उपस्थित झाले आइतबार दिउँसो ३ बजेर ४३ मिनेट जाँदा राष्ट्रपति कार्यालयमा शपथ लिएका छन् । राष्ट्रपति रामवरण यादवले नेपाली भाषामा शपथपत्र पढे पनि झाले नेपाली र मैथिली दुवै भाषामा शपथ लिएका छन् ।
No comments:
Post a Comment