लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २७- चार वर्षअघि कसैले देख्यो कि भनेर बाटोमा आफनो अनुहार लुकाउदै हिड्थे, उनी। दशौं सागमा लागेको डोपिडको आरोपका कारण २ वर्ष उनले काठमाडौंको दशरथ रंगशालामा खुट्टा पनि टेकेनन्। उनी अर्थात राजेन्द्र भण्डारी। चार वर्षअघि डोपिडका कारण राष्ट्रिय हिरोबाट एकाएक भिलेन बन्न पुगेका राजेन्द्रले दक्षिण एसियाली खेलकुदमा विश्व कीर्तिमान बनाएका छन्।उनले ढाकामा आयोजना भएको एघारौं सागको अन्तिम दिन नेपाललाई म्याराथनमा स्वर्ण मात्र दिलाएनन, विश्वलाई नै चकित बनाउने कीर्तिमान कायम गरे। उनले ४२ दशमलव १ सय ९५ किलोमिटरको म्याराथन दौड १ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गर्दे विश्व कीर्तिमान बनाए।यसअघि म्याराथनमा यो कीर्तिमान इथोपियाका हाइले गेब्रेसेलासीको नाममा थियो। गेब्रेसेलासीले २ बर्षअघि सन् २००८ को सेप्टेम्बर २८ तारिख बर्लिन म्याराथनमा २ घण्टा ३ मिनेट ५९ सेकेन्डमा यो कीर्तिमान बनाएका थिए। मंगलबार एघारौ सागको अन्तिम दिन म्याराथनमा विश्व कीर्तिमान बनाएपछि प्रफुल्लित देखिएका राजेन्द्रले यो स्वर्ण ४ बर्षअघि आफुले गुमाएको प्रतिष्ठा फर्काउन प्रयाप्त भएको प्रतिक्रिया दिए।यसपाली राष्टको भन्दा पनि मेरो प्रतिष्ठा दाउमा थियो। मैले आफुलाई प्रमाणीत गरेको छु, ढाकाको पूर्वानी होटलमा ७ सय ३८ नम्बर कोठामा बसेका राजेन्द्रले नागरिकलाई अर्न्तवार्ता दिने क्रममा भने। दक्षिण एसियाली खेलकुदमा सागको कीर्तिमान यसअघि नेपालका ख्यातीप्राप्त धावक बैकुण्ठ मानन्धरकै नाममा थियो। बैकुण्ठले तेस्रो साफमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा दौड पुरा गर्दे कीर्तिमान बनाएका थिए।
No comments:
Post a Comment