News

Feb 7, 2010

घरेलु कामदारहरुको १३ सदस्यीय कार्य समिति चयन

लिम्वूवान डट व्लगस्पोट डटकम/हङकङ
जनवरी ३१, २०१० का दिन नेपाली घरेलु कामदारहरुले हङकङको जोर्डन स्थित याक यण्ड यति रेष्टुररेण्टमा छैठौं साधारण सभा सम्पन्न गर्यो। सोहि संस्थाका अध्यक्ष माया राईले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथीमा नेपाली महासंघका अध्यक्ष हेम लिम्बु हुनुहुन्थ्यो र स्वागत भाषण उपाध्यक्ष चुनी थापाले गर्नु भएको थियो । सचिव शोभा लामाले संञ्चालन गर्नु भएको कार्यक्रममा अतिथीहरुमा EOC बाट कबिता सेरचन, HKCTU बाट एलीजावेथ, IDWN मीस फिस, AMC मीस मारीसा, Indonesian Migrant बाट मीस मोती, Thai बाट मीस आसना, Philipino बाट मीस्टर एरीक, COTCIHO बाट मीस रोसा, Construction Union Worker बाट तुलाजंग र फियोना बाट इन्द्र वनेम हुनुहुन्थ्यो र सबै अतिथीहरुले शूभकामनाका साथै छोटो बक्तव्य दिएको थियो । सल्लाहकारहरु ओम सम्बाहाम्फे, सत्य घले, नारायण भण्डारी, कला राई, श्याम माया लामा, र बशन्त कुमारी राईलाई पनि आसन ग्रहन गरीएको थियो र ओम सम्बाहाम्फेले छोटो मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथी हेम लिम्बुले बक्तव्य दिनु भए पछि माँया राईले कार्यक्रम समापन गर्नु भएको थियो । बक्तव्यको क्रम्रमा EOC कि कबिता सेरचनले घरेलु वरकरहरु ILO मा कसरी जाने भनी चर्चा गर्नु भएको थियो । पहिलो चरनको कार्यक्रम सकेर दोश्रो चरनको कार्यक्रममा प्रतिनिधि मण्डल चुनिएको थियो र प्रतिनिधि मण्डलमा प्रमुख बशन्त कुमारी राई रहनु भएको थियो भने अन्य सदस्यहरुमा ओम राज सम्बाहाम्फे र भिम रहनु भएको थियो र त्यो प्रतिनिधिको टोलीले नेपाली घरेलु कामदारको नयाँ कार्य समितिको चयन गरेको थियो । चुनी थापाको अध्यक्षतामा पछि थप्ने गरी १३ सदस्यीय कार्य समितिको चयन गर्यो ।अध्यक्ष चुनी थापा, उपाध्यक्ष प्रतिमा लामा, सचिव कल्पना तुम्रोक लिम्बु, सह सचिव चन्द्र ठाकुरी, कोषाध्यक्ष हिमाली गुरुङ, र सदस्यहरुमा मित्र गुरुङ, लक्ष्मी गुरुङ, कबिता थापा, पद्मा मगर, किरण गुरुङ, राज कुमारी, सुमित्रा गुरुङ, र सङ्गे पेमा लामा रहनु भएको छ।

No comments: