लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, माघ २४, संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) ले आइतबार आह्वान गरेको बन्दले पूर्वको जनजीवन प्रभावित भएको छ। बन्दले झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा चल्ने सवारी साधन ठप्प भएका छन्। सुनसरीको धरान हुँदै धनकुटा, तेह्रथुम र संखुवासभा चल्ने सवारी साधन पनि चलेका छैनन्। संविधान सभा राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिमा पारित संघीय राज्यको विरोध र अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्न माग गर्दै परिषद्ले बन्द आह्वान गरेको हो। सुनसरी-मोरङमा भने बन्दमा पनि फाटफुट सवारी साधन सञ्चालनमा आएका छन्। यी दुई जिल्लामा मुख्य बजार तथा भित्री स्थानका पसल समेत खुलेका छन्।सडकमा प्रेस, शववाहन, विवाहका गाडी, मोटरसाइकल, दुध बोक्ने गाडीसहित अतिआवश्यकीय सवारी साधन भने सञ्चालनमा छन्। बन्दले शैक्षिक संस्था समेत बन्द भएका छन्।
No comments:
Post a Comment