News

Feb 11, 2010

क्षत्री समाज नेपालले आज राजधानीमा शक्ति प्रदर्सन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ फेब्रुअरी,२०१०,जातीय राज्यको विरुद्धमा तथा निर्धारित समयमा नै संविधान निर्माणका लागि दबाब सिर्जना गर्न क्षत्री समाज नेपालले आज राजधानीमा शक्ति प्रदर्सन गर्ने भएको छ । क्षत्री समाज नेपालले आज काठमाडौंमा बृहत क्षत्री र्‍याली निकाल्ने भएको छ । त्रिपुरेश्वरबाट शुरु हुने र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्ने समाजले जनाएको छ । राज्यको पुनर्संरचना जाति, भाषा र धर्मको आधारमा गरिनुहुँदैन र राज्यको नामाकरण प्राकृतिक सम्पदाको नामबाट कायम गर्नुपर्ने, आरक्षण जातिको आधारमा नभई गरिबले सेवा सुविधा पाउने किसिमको स्पष्ट नीति निर्माण गर्नुपर्ने, जातीय जनसंख्याका आधारमा राज्यको हरेक अङ्ग र तहमा समानुपातिक प्रतिनिधित्व कायम गर्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय तथा संवेदनशील मुद्दाहरुमा जनमत संग्रहको व्यवस्था गर्नुपर्ने मागहरु समाजले अगाडि सार्दै आएको छ । समाजले जातीय राज्य चाहिँदैन, देश टुक्रयाउन पाईंदैन, जातीय सदभाव- रहोस्, संविधान निर्माण- समयमै गर, सम्पूर्ण जातिको संवैधानिक हक कायम गछौं गर्र्छौं लगायतका नाराहरु तय गरेको छ । जातीय राज्यमा देशलाई भागवण्डा लगाउने अदूरदर्शी कार्यले नेपाली जनताले परिकल्पना गरेको 'अखण्ड समुन्नत नेपाल' कतै विखण्डित भई देशको अस्मितामै प्रश्नचिन्ह खडा हुने त होइन भन्ने अवस्था सिर्जना भएको समाजले जारी गरेको अपिलमा भनिएको छ । अपिलमा आरक्षणका नाममा अकुत सम्पतिवाला तथाकथित जनजातिका सन्ततिहरुले कारमा शयर गरेर छात्रवृत्तिको उपयोग गरिरहेको उल्लेख गर्दै बिहान बेलुका हातमुख जोर्न मजदुरीको सहारा लिन बाध्य क्षत्री बाहुनका सन्ततिहरुलाई छात्रवृत्तिको सुविधाबाट वञ्चित गराउने घोर अपमानजनक विभेदकारी र अमानवीय व्यवस्थाको शुरुवात भएको जनाइएको छ ।

No comments: