लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ फेब्रुअरी,२०१०, नेपाली काँग्रेसको पूर्व घोषित १२ औं महाधिवेशन कार्यसूची हेरफेर गरी जेठ अन्तिम साताका लागि नयाँ मिति तोकिने भएको छ । आज बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ मितिबारे औपचारिक निर्णय गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा हिजो बुधबार बसेको पार्टी पदाधिकारीहरुको बैठकलेपार्टीको महाधिवेशन यही जेठ २७ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो । बैठकले नयाँ संविधान घोषणा अगाडि महाधिवेशन गर्न नहुने ठहर गर्दै केन्द्रीय समितिमा नयाँ मिति प्रस्ताव गर्ने निर्णय गरेको छ । महाधिवेशन यही फागुन २६ देखि चैत १ गतेसम्मका लागि तय गरिएको भए पनि क्रियाशील सदस्यता वितरणमा जिल्ला जिल्लामा देखिएको विवाद लगायतका कारण जेठको अन्तिम साताका लागि र्सार्न लागिएको काँग्रेस स्रोतले जनाएको छ । पदाधिकारीहरुको बैठकले महाधिवेशनको कार्यसूची पनि तय गरेको छ । जस अनुसार नयाँ क्रियाशील सदस्यता वितरण यही चैत मसान्तभित्र गरिसक्ने र बैशाख मसान्तभित्र गाउँ, नगर र जिल्लाको अधिवेशन सम्पन्न गरिनेछ ।

No comments:
Post a Comment