News

Feb 7, 2010

वर्डफ्लु नियन्त्रणका लागि बाह्र हजार पक्षी नष्ट गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, माघ २२,पोखराको घारीपाटनमा भेटिएका वर्डफ्लु नियन्त्रणका लागि शुक्रबार सङ्क्रमित क्षेत्रका पक्षी र पक्षीजन्य प्रदार्थ नष्ट गर्ने भनिए पनि काम अघि बढ्न सकेको छैन ।शुक्रबार बिहानैदेखि पक्षी नष्ट गर्ने कार्यक्रम तय गरिए पनि पक्षी नष्ट गरेपछि गाड्ने स्थान अभावका कारण काम अघि बढ्न नसकेको हो । नष्ट गरिएका पक्षीहरू कास्कीको दोविल्लास्थित सार्वजनिक स्थलमा गाड्ने निर्णय वर्डफ्लु नियन्त्रण समितिले गरे पनि शुक्रबार त्यस क्षेत्रका स्थानीय बासिन्दाले अवरोध पुर्‍याएका कारण काम अघि बढ्न नसकेको वर्डफ्लु नियन्त्रण कक्षका सम्पर्क अधिकृत डा. अमर शाहले बताउनुभयो ।पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरे पनि गाड्ने स्थानको खोजी आज रातारात गरेपछि भोलिबाट काम अघि बढ्ने जानकारी उहाँले दिनुभयो । सङ्क्रमित क्षेत्रमा हाँस र कुखुरा गरी करिब १२ हजार पक्षी नष्ट गर्नुपर्ने बताइएको छ । पोखराको घारीपाटनमा बर्डफ्लु भेटिएपछि घारीपाटन र त्यस आसपासको क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकिएको छ । सङ्कटग्रस्त क्षेत्रमा पूर्वमा सेतीनदी, दक्षिणमा हनुमानचोक, तल्लो रातो पहिरा, नगरपालिकाको सार्वजनिक जग्गा र पीपलमार्ग हुँदै साङ्गि्रलाचोक नजिकको घारी, मूल कुलो, पश्चिम साङ्गि्रलाचोकबाट हिमालय आँखा अस्पताल हुँदै घारिपाटनचोक र उत्तरमा पोखरा बसपार्क नजिक शिव टोल र कृष्ण टोलको बीचमा रहेको साहारा विद्यालयसम्मको चार किल्ला रहेको छ ।

No comments: