News

Feb 9, 2010

नेपाली कांग्रेसको १२ औ महाधिवेशन सर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २६- नेपाली कांग्रेसको फागुन अन्तिम साता घोषित १२ औ महाधिवेशन सर्ने भएको छ। मंगलवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो। प्रवक्ता अर्जुननरसिह केसीले संविधान निर्माण प्रक्रियालाई असर नपर्नेगरी महाधिवेशनको नयाँ मिति तोकिने बताए। 'पूर्व घोषित महाधिवेशन मिति सार्ने सहमति भएको छ तर कहिले गर्ने भन्ने बारेमा छलफल जारी छ' केसीले नागरिकसँग भने, 'बिहीवार बस्ने केन्द्रीय समितिको बैठकले यस बारेमा निर्णय गर्छ।' पार्टीका झण्डै एक दर्जन जिल्ला कार्य समितिका विवाद र क्रियाशिल सदस्यता वितरण तोकिएको समयमा सम्पन्न गर्न नसकेको कारण महाधिवेशनको मिति सार्ने सहमति भएको हो। कांग्रेसले माघ १५ भित्र क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने र फागुन १५ भित्र गाउ, नगर र क्षेत्रीय अधिवेशन गर्नेगरी फागुन २६ देखि चैत १ सम्म पार्टीको १२ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।नयाँ महाभिवेशन मितिका बारेमा भने केन्द्रीय समितिमा फरक फरक विचारहरु आएका छन्।

No comments: