लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ फेब्रुअरी,२०१०, नेपाल वायु सेवा निगममा कार्यरत पाइलटहरुले आफ्नो सुविधा नबढाए यही फागुन ४ गतेदेखि विमान नउडाउने चेतावनी दिएका छन् । निगमका पाइलटहरुको संगठन नेपाल एयरलाइन्स पाइलट एसोसिएसन (नापा)ले आन्तरिक उडान गर्ने निजी क्षेत्रका अन्य वायु सेवा कम्पनीका पाइलटका तुलनामा निगमका पाइलटहरुले असाध्यै कम सेवा सुविधा पाईरहेको उल्लेख गर्दै आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । मागहरु पूरा गर्न निगम व्यवस्थापनलाई फागुन ३ गतेसम्मको अल्टिमेटम दिंदै नापाले माग पूरा नभए फागुन ४ गतेदेखि जहाज उडाउन बन्द गर्ने घोषणा गरेको छ ।

No comments:
Post a Comment