लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ फेब्रुअरी,२०१०,पर्सामा प्रहरीको कारवाहीमा एक जनाको मृत्यु भएको छ । प्रहरीलाई उद्धृत प्राप्त समाचार अनुसार पर्सा जिल्लाको रमगढवा गाविसस्थित सिर्सिया खोलाको पुल निकट आइतबार राती प्रहरी कारवाहीमा एक जनाको मृत्यु भएको हो । प्रहरी कारवाहीमा मारिने व्यक्ति आइतबार बेलुका बीरगञ्जको घण्टाघरमा भएको बम विष्फोटको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ घण्टाघरमा भएको बम बिष्फोटलगत्तै प्रहरीले विष्फोट गराउनेहरुलाई पछ्याउँदै गएको र राती १० बजेतिर सिर्सिया खोलाको पुल निकट सशस्त्र समूहले प्रहरी टोलीमाथि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । मृतकबाट साथबाट प्रहरीले तीन थान सुतली बम, एक थान नलकटुवा बन्दुक र त्यसमा प्रयोग हुने तीन थान गोली समेत बरामद गरेको जनाएको छ ।

No comments:
Post a Comment