News

Feb 12, 2010

सागमा स्वर्णपदक विजेता खेलाडीलाई आजीवन भत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ फेब्रुअरी,२०१०,सागमा स्वर्णपदक विजेता खेलाडीलाई सरकारले आजीवन भत्ता दिनेघोषणा गरेको छ ।
युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले ढाका सागमास्वर्णपदक विजेता खेलाडीलाई आजीवन भत्ता दिन सरकार तयार रहेको बताएका छन् । बिहिबार स्वर्णपदकविजेता खेलाडीको अभिनन्दन कार्यक्रममा मन्त्री नेपालीले त्यस्तो जानकारी दिएका हुन् । 'यसबारे प्रधानमन्त्रीसंग कुरा गरेर आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान तयार छु,' उनले भने ।मन्त्री नेपालीले खेलाडीको प्रोत्साहनका लागि स्वर्णपदक विजेतालाई ३ लाख, रजत पदक विजेता २ लाख र कांस्य पदक विजेतालाई १ लाख दिइने बताए ।
'सरकारले जति गर्न सकेको छ, त्यतिमा सन्तुष्ट हुने स्थिति छैन,' उनले भने- यो अरु मुलुकका तुलनामा केही होइन । सरकारमा स्थिरता र राजनीतिक सुधार भएपछि निरन्तर खेलकुद कार्यक्रम हुने वातावरण बनाइने उनले बताए ।

No comments: