News

Jul 3, 2011

दाहाल नेतृत्वको उपसमितिले एक महिने प्रतिवेदन बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको संविधानसभा संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले एक महिनाको प्रगति प्रतिवेदन संवैधानिक समितिलाई बुझाएको छ । समितिको आइतवार बिहानको बैठकमा उपसमितिले सो प्रतिवेदन बुझाएको हो । बैठकपछि समितिका सभापति नीलाम्बर आचार्यले उपसमितिले एक महिनाको अवधिमा गरेको काम, छलफल र निर्णयसहितको प्रतिवेदन बुझाएको बताए । उनले संविधान निर्माणको गम्भीर विषय शासकीय स्वरुप भएकाले शासन प्रणालीबारे निर्णय गर्न उपसमितिले छलफल सुरु गरी छिट्टै टुङ्ग्याउने आशा व्यक्त गरे । राज्य पुनःसंरचनासम्बन्धी छलफल गर्नुपर्ने अर्को गम्भीर विषय भएको बताउँदै सभापति आचार्यले त्यसमा टुङ्ग्याउन बाँकी ७५ बुँदाको वरिपरिमा रहेर निष्कर्षमा पु¥याउन काम गरिरहेको दावी गरे । उपसमितिका सदस्य एवम् प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले उपसमितिमा संविधान लेखनमात्र होइन, शान्तिप्रक्रियाका विषयमा के–कति प्रगति भएको छ भन्नेबारे छलफल गरी जानकारी लिने काम भएको बताए । उपसमितिलाई प्रत्येक १०/१० दिनमा काम कारबाहीको प्रगति प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको थियो ।

No comments: