लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहामा इन्जिनियर नवराज विष्ट हत्याका फरार मोस्टवान्टेड चार वर्षपछि पक्राउ परेका छन् । सिरहास्थित वडा प्रहरी कार्यालय लहानले फूलकाहाकटी गाविसबाट चार जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हत्याका मुख्य अभियुक्त सप्तरी कुशहाका मोहम्मद रफिद राइन उर्फ सलमान पनि रहेका छन् ।हत्या समयदेखि फरार रहेका संलग्न जशो यादव उर्फ “विक्रान्त” सूर्यनारायण यादव उर्फ “सुर्जा” पक्राउ परेपछि गोली हान्ने मुख्य अभियुक्त भनिएका रफिद राइन उर्फ सलमानलाई प्रहरीले मोस्टवान्टेड सूचीमा रा खोजि गरिरहेको थियो । ०६४ साल वैशाख २८ गत्ते लहान – ठाढी सडक खण्डको सखुवाननकारकटी १ मा सडक निर्माणका लागि खटिएका इन्जिनियर बिष्टलाई अपहरणपछि गोली हानी हत्या गरिएको थियो। यसअघि हत्याको अभियोगमा पक्रउ परेका गोली हान्ने मुख्य नाइके राइनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही चलाएको उनले बताए। सोमबार पक्राउ परेका सूर्यनारायणलाई पनि सोही मुद्दामा कारबाही चलाइएको वडा प्रहरी कायालय लहानले जनाएको छ।
No comments:
Post a Comment