लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा, अषाढ १८ - बाराको ग्रामिण भेगको सडक मर्मत गर्न माग गर्दै बारा बस व्यवसायी संघले आव्ह्रान गरेको अनिश्चितकालिन यातायात बन्दका कारण शनिबार पनि बाराको जनजीवन प्रभावित भएको छ । बन्दको कारण बिहानै देखि कलैया वीरगंज सडक खण्ड तथा सदरमुकामबाट ग्रामिण भेकको लागि चल्ने सार्वजनिक यतायातका सवारी साधनहरु चलेका छैनन् । यतायातका सवारी साधनहरु नचल्दा यात्रुहरु समस्यामा परेका छन् । कलैया वीरगंज सडक खण्डमा रिकसा, टंगा लगायतका नीजि सवारी साधनहरु मात्र चलेका छन् । व्यवसायी संघको मागमा टेम्पु व्यवसायी संघ बारा, सिटी राईट बस व्यवसायी संघ, नेपाल यतायात स्वतन्त्र मजदुर संगठन बाराले समेत समर्थन जनाएको छ । बस ब्यवसायीहरुले बिहीबार देखि नै जिल्लाको ग्रामिण भेगमा चल्ने यतायातका सवारी साधनहरु अनिश्चितकालका लागि ठप्प पारेको सिटी राईट बस व्यवसायी संघ बाराका अध्यक्ष मोहन प्रसाद कानुले बताए ।
No comments:
Post a Comment