News

Jul 6, 2011

कुवेति महिलाहरुलाई पुरुष खरिद गर्न अनुमति दिनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुवेत- पूर्व सभासद तथा कुवेतमा बरिष्ठ नेत्रि मानिने सल्वा अल मुतैरीले कुवेति महिलाहरुले राम्रो देखिने पुरुष मुस्लिम देशबाट खरिद गर्न पाउनु पर्ने मुद्दा उठाएकी छन । उनले भनेकी छन कुवेति कानुनले महिलाहरुलाई मन परेको पुरुष खरिद गर्न अनुमति दिनु पर्छ । त्यो पुरुष सँग महिलाको गुलाम पति (महिलाको दास, शरीरिक सम्बन्धको लागि राखिएको पती) मा आबश्यक गुण बिशेषता हुनु पर्ने र विवाहको लागि तयार हुनु पर्ने छ । कुवेतको कानुनमा पुरुषहरुले चार वटी सम्म श्रीमति राख्न सक्छन । त्यसैले महिलाहरुले पनि आफुलाई राम्रो लागेको पुरुष राख्न पाउनु पर्ने मुद्दा उठाएकी हुन र यस्को विश्व भर चर्चा भई रहेको छ । तर ईस्लामिक जानकारहरुले यो प्रस्ताव बेकार र बक्बास भएको बताएका छन ।
अल मुतैरीले दाबी गरेकी छन- प्रस्तावले कुवेतमा बुढी कन्या बस्ने समस्याको हल गर्ने छ र । देशमा बढी राखेको सम्बन्ध बिछेदको दरलाई घटाउने छ ।
त्यो गुलाम मान्छेको बिशेषता र गुणको बारेमा मुतैरीले भनेकि छन । किनेको मान्छे विनम्र, शालीन, मोडेस्ट र देख्दा राम्रो हुनु पर्छ । आफनि श्रीमतीको आज्ञा पालन गर्नु पर्छ । राम्रो ब्याबार र सम्मान गर्नु पर्छ । अनी ति महिलाले आफानो जीवन सुन्दर र सुखी तरिकाले बिताउन सक्छिन र उनिहरु बिच झै झगडा र अरु कुनै किसिमको बादबिबाद बाट टाढा रहन्छन ।
मुतैरीले थपेकि छन यस्तो किसिमको गुलाम पती मुस्लिम देश बाट बिज्ञापनको माध्यमबाट छानेर लिनु पर्छ । रुसबाट सिधै ल्याउने होईन । बिज्ञापनमा कस्तो किसिमको पुरुष चाहिएको हो खुलाइने छ र त्यो पुरुष मुस्लिम अथवा मुस्लिम धर्म अपनाउन तयार हुनु पर्छ ।
कुवेति महिलाहरुले खोजे जस्तो गुलामपती आबेदनमा राखीएको फोटो हेरेर अथवा अन्तरबार्ताबाट छान्न सक्ने छन । सल्वा अल मुतैरीले भनेकी छन यो प्रस्तावले कुवेतमा मनुस्यको संस्कृति, उन्नती बिकास तथा समाज शास्त्रमा मद्दत पुराउने छ । सल्वा अल मुतैरीले थप्छिन, यो काम महिले गर्छु यदी मलाई कुवेत सरकारले कानुनी मान्यता दिन्छ भने । म एसिया र युरोपका देशहरुको भ्रमण गर्छु जहाँ ठुलो संख्यामा मुस्लिम समुदाय र किरायमा काम गर्ने पुरुषहरु छन जो सँग कुवेती महिलाहरुलाई संतुष्ट गर्ने बिशेषता र गुणहरु छन ।
सल्वा अल मुतैरीले दाबी गरेकी छन १४ बर्ष सम्म कुवेतमा मन्त्री रहेका धनाढ्य ब्याक्तिले एक कुवेति महिलालाई विवाह गर्नको लागि प्रस्ताव राखेका थिए ।उनले तिनी महिलालाई धेरै माया गर्थे । तर तिनी महिलाले विवाहको प्रस्ताव स्विकारिनन् किन भने ति ब्याक्ति महिला भन्दा २० बर्ष जेठा थिए । तर उनी युरोपियन राम्रो देखिने मान्छे सँग विवाह गर्न तयार छिन । यद्यपी त्यो गरीब किन नहोस ।
केहि महिना पहिला कुवेतको समुन्द्री तटमा बिकिनी लगाएर पौडी खेल्न अथवा घुम्नको लागि महिलालाई रोक लगाउनु पर्ने र नियम बिरुद्ध जानेलाई एक हजार जरिवाना र जेल सजाए हुनु पर्ने माग गर्दै संसद खालिदले संसदिय समितीमा प्रस्ताव पेश गरेका थिए । संसदिय समितीले खालिदको माग असंबिधानिक भएको भनि खारेज गरेको थियो । कुवेति महिलाहरुले कुवेतको संसदिय समितीको निर्णयलाई भब्य स्वागत गरेका थिए । हाल कुवेतको समुन्द्रि तटमा बिकिनी लगाएर घुम घाम गर्न खुल्ला छ । कुवेत पछिल्लो सयमा आधुनिकतातर्फ लम्कदै गएको छ ।

No comments: