News

Jul 5, 2011

तलबको दोब्बर भत्ता पाउँदा पनि घूस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २१ - भन्सार सुधारका लागि कर्मचारीलाई दुई सय प्रतिशतसम्म (तलबको दोब्बर) प्रोत्साहन भत्ता दिने व्यवस्था गरी सदाचार पद्धति सुरु भएको भनिए पनि घूस लिने क्रम रोकिएको छैन । प्रोत्साहन भत्ता लागू गरेपछि हटेको दस्तुरी भन्सारमा पुनः चालू भएको छ । पछिल्लो समयमा खुलासा भएका वीरगन्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका घटनाक्रमले भन्सारमा संस्थागत रूपमै दस्तुरी सुरु भएको देखाएको छ । 'भन्सारका कर्मचारी प्रोत्साहन भत्ता र घूस दुवै खाइरहेका छन्,' अर्थ मन्त्रालयका एक सहसचिवले भने, 'तिनको त दुवै हातमा लड्डु छ ।' भन्सार कार्यालयले १ सय ८० प्रतिशतभन्दा बढीसम्म भत्ता पाइरहेका छन् । सामान्ययता शाखा अधिकृतको तलब १४ हजार रुपैयाँ छ । भन्सारका त्यही तहका कर्मचारीले भत्ता -२५ हजार २ सय) सहित मासिक झन्डै ४० हजार रुपैयाँ तलब खान्छन् । प्रोत्साहन भत्ताका लागि मात्र राज्य कोषबाट वाषिर्क ५० करोड रुपैयाँभन्दा बढी खर्च भइरहेको छ ।

No comments: