लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १९ - अपदस्थ प्रधानमन्त्री थाक्सिन सिनावात्राको दल प्यूथाई पार्टीले आम निर्वाचनमा बहुमत पाउने देखिएको छ । निर्वाचन परिणामलाई वर्तमान प्रधानमन्त्री एवं डेमोक्र्याट पार्टीका नेता अभिसित वेज्जाजिभाले स्वीकार गर्ने निर्णय गरिसकेका छन् । नयाँ परिणामपछि विपक्षी दल प्यूथाई पार्टीकी नेतृ यिङलक सिनावात्रा प्रधानमन्त्री हुने निश्चित भएको छ । यिङलक अपदस्थ प्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी हुन् । पाँच सय सदस्यको संसद्को तल्लो सदनका लागि ४२ वता दलकातर्फबाट झण्डै चार उम्मेदवार मैदानमा थिए । राजनीतिक अस्थिरताको ६ वर्षपछि थाइल्याण्डमा आम निर्वाचन भएको हो ।
No comments:
Post a Comment