News

Jul 4, 2011

हङकङ सरकारद्वारा नेपाली सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
हङकङ, अषाढ २० - स्थानीय अल्पसंख्यकहरुका हकहितमा काम गरेबापत हङकङ सरकारले कुलप्रसाद गुरुङलाई ‘चीफ एक्जिक्युटिभस् कोमेन्डेसन फर कम्युनिटी सर्भिस’ ले सम्मानित गर्ने भएको छ । हङकङको चौधौं वार्षिकोत्सवका अवसरमा शुक्रबार उनीसहित ८० जनालाई उक्त कदर–पत्रले सम्मानित गरिने घोषणा गरेको हो । यसवर्ष कदर पत्रले सम्मानित हुने उनी एक्ला नेपाली हुन् । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन जुलाई १ तारिखका दिन समाजमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुका सम्मानमा विभिन्न पदक तथा कदरपत्रको घोषणा हुने गर्दछ । घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर एकमा हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङले प्रदान गर्ने छन् । यसवर्ष ३ सय ३२ जनालाई विभिन्न पदक तथा कदर पत्र प्रदान गरिने भएको छ । १४ वर्षदेखि हङकङमा बसोबास गर्दै आएका ४४ वर्षीय गुरुङ विभिन्न सामाजिक कृयाकलापमा सकृय रहदै आएका छन् । उनी याउ चि मोङ जिल्ला परिषद्मा अल्पसंख्यक समितिका सदस्य हुन् । सरकारको सम्मानले सबै नेपालीको प्रतिष्ठा उचो बनाएको छ,’ गुरुङले भने, ‘अन्यभन्दा पिछडिएको नेपाली समुदायलाई माथि उठाउन स्थानीय सरकारले प्रदान गरेको हौसला सह्रानीय छ ।’ यसअघि समेत अन्य चार नेपाली सोही अवार्डद्वारा सम्मानित भइसकेका छन् । नेपाली कांग्रेसको भातृ संगठन जनसर्म्पक समिति हङकङका पूर्व अध्यक्ष उनी कास्की पोखराका हुन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा गुरुङलाई नेपाली कांग्रेसले पोखरा उप–महानगरपालिकाबाट उप–प्रमुखको उम्मेदवार बनाएको थियो ।

No comments: