News

Jul 8, 2011

बन्द गर्दै हिंडेका २७ जनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डडेलधुरा, अषाढ २४ - नयाँ यातायात समिति दर्ता गरेको विरोधमा सुदूरपश्चिम बन्द गर्दै हिंडेका २७ जनालाई प्रहरीले पक्राउ गरेका छ । सदरमुकामका बिभिन्न ठाउँमा बन्द गराउदैं हिड्न थालेको उग्रतारा यातायातका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिनोद घिमिरेले बताए । एम्बुलेन्स सेवा समेत बन्द गरिएको छ प्रहरी प्रमुख घिमिरेले भने कानुन सम्मत रुपमा समिति दर्ता गर्दा अनावश्यक रुपमा सर्बसाधारणलाई दुःख दिइएकाले पक्राउ गरिएको हो । नयाँ समिति दर्ता भएको भन्दै उग्रतारा यातायातले गरेको बन्दका कारण एम्बुलेन्स सेवा समेत रोकिएको छ । कुनै पनि गाडी चल्न नदिने भन्दै एम्बुलेन्स, संयुक्त राष्ट्रसंघीय कार्यक्रमका गाडी समेत चल्न दिइएको छैन् । सदरमुकाममा रोकिएका दर्जनौं यात्रुबाहक सवारी साधनमा रहेका सयौं यात्रुहरु अलपत्र समेत परेका छन् । नयाँ समिति दर्ता गर्न नहुने भन्दै दवाव दिई रहेको उग्रतारा यातायातसँग वार्ता गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेपछि वार्ताका लागि गएका प्रतिनिधिहरुलाई प्रहरीले हस्तपक्षेप गरेकाले अनिश्चितकालिन सुदूरपश्चिम बन्द आव्हान गरिएको उग्रतारा यातायातले जनाएको छ । तराई र पहाडी जिल्ला आवता जावत गर्ने सवारी साधन बिचबाटमा नै रोकिएका छन् । प्रशासनले बन्द खुलाउने प्रयास गरिरहेको जनाएको छ । उग्रतारा यातायातले सिन्डीकेटलाई यथावत राख्न जस्ता कानुन बिपरीतका काम गरीरहेको भन्दैं आन्दोलन गरिरहेको कारण स्थानीयले समेत बिरोध गरेका छन् । एक बर्ष अगाडी सर्बोच्च अदालतले सिन्डीकेट खारेज गरेको छ ।

No comments: