लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन डिसी, अषाढ २० - हृयाकरले अमेरिकी न्यूज च्यानले 'फक्स न्यूज'को राजनीतिक टि्वटर खाता हृयाक गरेर बाराक ओबामाको हत्या गर्ने टि्वट गरेका छन् । ओबामाको हत्या टि्वट भएपछि विश्वभर सनसनी फैलिएको थियो । तर तुरुन्तै 'फक्स न्यूज'ले खाता हृयाक भएको जानकारी दिंदै सच्याएको छ । हृयाकरले लेखेका थिए, 'बाराक ओमाबाको राष्ट्रिय दिवसका दिन गोली हानेर हत्या हुँदैछ, अब उनी रहन्नन्, वास्तवमा ४ जुलाईको दिन धेरै दुखद हुनेछ । राष्ट्रपति बाराक ओबामाको मृत्यु हुनेछ ।'४ जुलाई अमेरिकाको राष्ट्रिय दिवस हो ।
No comments:
Post a Comment