लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुविवाह गरेको अभियोगमा स्थानीय महिला समूहले गाउँ निकाला गरेका एमाले नेता प्रहरी फन्दामा परेका छन् । गोरखा नगरपालिका वडा नम्बर ११ घर भएका नेकपा एमाले वडा अध्यक्ष तथा नगरसंयन्त्र सदस्य रेशमबहादुर बानियाँलाई बहुविवाह गरेको अभियोगमा स्थानीय महिला समूहद्वारा गाउँ निकाला पछि प्रहरी हिरासतसम्म पुगेका हुन् । घरमा एउटी श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमतीलाई विवाह गरेका बानियाँले घरमा भएका छोराछोरी र श्रीमतीलाई घर निकाला गरी कान्छीलाई राख्ने तरखर गरेपनि स्थानीय आमा समूहको अगुवाईमा बानियाँलाई प्रहरी हिरासतमा राखिएको हो। घरमा एउटी श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमतीलाई विवाह गरेका बानियाँले घरमा भएका छोराछोरी र श्रीमतीलाई घर निकाला गरी कान्छीलाई राख्ने तरखर गरेपनि स्थानीय आमा समूहको अगुवाईमा बानियाँलाई प्रहरी हिरासतमा राखिएको हो। घरमा छोरा र श्रीमतीसँग झगडा गर्ने र अर्काकी श्रीमतीसँग सुत्ने गरेका कारण गाउँहरुले उनीहरुलाई ओछ्यानै फेला पारी ध्वाँसोमोसो दलेर गाउँ निकाला गरेका थिए। बानियाँसँगै कान्छी श्रीमती सुशीला पाण्डेसमेत प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment