News

Jul 3, 2011

बिपि प्रतिष्ठानमा लाग्यो अनिश्चितकालिन ताला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिपी प्रतिष्ठानको आर्थिक तथा शैक्षिक महाशाखा र नर्सिङ कलेजमा ताला लागेको छ । बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी कल्याण मञ्च, नर्सिङ वेल्फेयर कमिटी र हेल्थ प्रोफेशनल कमिटिले आज तालाबन्दी गरेको हो । तीन दिन अघि आफ्ना मागहरु प्रतिष्ठान व्यवस्थापन पक्षलाई अल्टिमेटम स्वरुप बुझाए पनि सो मागहरुको अल्टिमेटम समयभर कुनै सुनुवाई नभए पछि ताला लगाउन बाध्य भएको आन्दोलनमा संलग्नहरुले बताएका छन् । आन्दोलनकारीहरुले अस्पतालको कुनै पनि सेवालाई अवरोध नगर्ने जनाएका छन् । कर्मचारीहरुको आन्दोलनको कारण नर्सिङ कलेजको पठनपाठन र आर्थिक कारोबार भने पूर्ण रुपमा ठप्प छ । प्रतिष्ठानको आर्थिक, शैक्षिक र नर्सिङ कलेज महाशाखामा तालाबन्दी भए पछि नर्सिङ अध्ययनका लागि आवेदन लिने काम समेत बन्द भएको छ ।

No comments: