News

Jul 6, 2011

नेपाली सेनाको लोकतान्त्रीकरण बारे छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २२ - संविधानसभाको म्याद थप गर्नुअघि प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमति पालना गर्न गठित अनुगमन समितिले नेपाली सेनाको लोकतन्त्रीकरणका विषयमा छलफल सुरु गरेको छ । सभामुख सुवास नेम्बाङको संयोजकत्वमा गठित सो समितिले रक्षामन्त्री विष्णु पौडेलसँग सोबारेमा छलफल गरेको हो । व्यवस्थापिका– संसद् भवन नयाँ बानेश्वरमा बुधबार भएको बैठकमा मधेसवादी दलले नेपाली सेनामा सामूहिक प्रवेशको माग उठाइरहेको विषयलाई सम्बोधन गर्न सभामुख नेम्बाङले छलफल सुरु गरेका हुन् । गत जेठ १४ गते भएको पाँचबुँदे सहमतिमा मधेसी दलको प्रतिनिधित्व नरहेका कारण उनीहरूको माग सम्बोधन गर्न सेनामा मधेसीसहितको समावेशी प्रवेशका बारेमा छलफल थालिएको संसद् स्रोतले बताएको छ ।

No comments: