News

Jul 2, 2011

फोहोर गरे ५ सय जरिवाना मुस्ताङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुस्ताङ, अषाढ १८ - तपाईं जोमसोम पुग्नुभयो भने जथाभावी फोहोर नफ्याँक्नुहोला । त्यसो गरे यहाँका आमाहरूको फन्दामा पर्नु हुनेछ । कसैले फोहोर गरेको देखे आमाहरूले तुरुन्तै कारबाही गर्छन् । यहाँको विमानस्थल आसपासमा पुथाङ आमा समूहले फोहोर गर्नेलाई ५ सय रुपैयाँ जरिवाना तिराउने कडा नियम बनाएपछि यी क्षेत्र फोहोरमुक्त भएको हो । सदरमुकाम जोमसोममा स्वदेश तथा विदेशी पर्यटकको आवागमन अधिक हुने हुँदा यस क्षेत्रलाई फोहोरमुक्त बनाउन आमाहरू लागिपरेका हुन् । उनीहरूले सबैलाई जानकारी होस् भनेर खबरदारी बोर्डसमेत राखेर सचेत गराएका छन् । विमानस्थल आसपासका आमाहरू दिनहुँ सरसफाइमा खटिने गर्छन् ।

No comments: