लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरीको खनार क्षेत्र आसपास बर्ड फ्लू फैलिएको क्षेत्रमा बर्ड फ्लू नियन्त्रणका लागि कुखुरा मार्ने काम थालिएको छ । बर्ड फ्लु नियन्त्रणका लागि त्यहाँ पुगेको सरकारी टोलीले पहिलो चरणमा पाथीभरा पोल्ट्री फर्मका कुखुरा मारिसके सक्ने र त्यसपछ पिके पोल्ट्री फर्मका कुखुरा मार्ने जनाएको छ । सरकारले रोग नियन्त्रणमा ध्यान नदिएको भन्दै फर्म सञ्चालक र स्थानीय वासिन्दाले क्षतिपूर्तिको माग गर्दै अवरोध गरेपछि रोकिएको किलिङ एण्ड क्लियरिङ जिल्ला बर्ड फ्लू नियन्त्रण कार्यालयले क्षेतिपूर्ति दिने बताएपछि फेरि सुरु भएको हो । वर्डफ्लु प्रभावित क्षेत्रमा मारेको कुखुराको प्रति कुखुरा एक सय ३० रुपैयाँ क्षतिपूर्ति स्वरुप दिने भएको हो ।
No comments:
Post a Comment