News

Feb 4, 2012

आज सबै लडाकुलाई एक साथ बिदाइ गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शुक्रबारदेखि सुरु गरिएको लडाकु बिदाइ कार्यक्रम आज सबै लडाकुलाई एक साथ बिदाइ गरिने भएको छ । स्वेच्छिक अवकास रोजेका कैलालीको तालबन्द शिविरमा बाहेक अन्य ६ मुख्य शिविरमा बिहान १० बजेपछि एकै साथ बिदाइ प्रक्रिया सुरु गरिने छ । कैलालीस्थित शिविरमा दिउँसोसम्म सचिवालयका प्रतिनीधि पुगेपछि विदाइ प्रक्रिया सुरु हुनेछ । चितवनको शक्तिखोर, नवलपरासीको झ्याल्टुङडाँडामा रहेको लडाकु शिविरमा भने हिजोदेखि नै बिदाइ प्रक्रिया सुरु भइसकेको छ । दुवै शिविरमा गरी १ सय ५२ जना लडाकुलाई पहिलो चरणमा पाउने रकमबराबरको चेक अनमिनले निर्धारण गरेको तहका आधारमा वितरण गरिएको छ । विदाइकाक्रममा केही लडाकुहरुले अहिलेको तहका आधारमा विदाइ प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए । तर, केन्द्रीय नेताहरुको छलफलपछि लडाकुहरु अनमिनले निर्धारण गरेको तहको आधारमा विदाइ गर्नेमा सहमत भएका थिए । पुनवर्गीकरणको समयमा माओवादीका ७ हजार ३ सय ६५ लडाकुले स्वेच्छिक अवकास रोजेका थिए ।

No comments: