लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुणे (भारत), माघ २३ (एजेन्सी)– यहाँको प्रहरीले बेश्यावृतिको आरोपमा २२ वर्षीय तमिल अभिनेत्रीलाई पक्राउ गरेको छ। उनलाई यहाँस्थित एक पाँच तारे होटलबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीले अभिनेत्रीको ३२ वर्षीय सौतेनी दाजुलाई समेत पक्राउ गरेको छ। उनी ती अभिनेत्रीसँगै विभिन्न सहरमा जाने गर्थे। आश्चर्यजनक कुरा त मुम्बईमा फोटो स्टुडियो चलाएर बस्ने उनका पिताले नै छोरीका लागि ग्राहक खोज्ने गरेको प्रहरीले बताएको छ। उनी भने पक्राउ परिसकेका छैनन्। पक्राउ परेकी अभिनेत्रीले हालै मात्र तीन वटा तमिल चलचित्रमा मुख्य भूमिका निर्वाह गरेको प्रहरी वरिष्ठ निरीक्षक भानुप्रताम बारगेले बताए। ती चलचित्र रिलिज भने भइसकेका छैनन्। बाल्यावस्थामा पनि उनले थुप्रै तमिल चलचित्रमा अभिनय गरेकी थिइन्। उनले चेन्नइको गारमेन्ट तथा हिरा उद्योगका लागि मोडलिङसमेत गरेको बताइएको छ।
No comments:
Post a Comment