News

Feb 6, 2012

मलेसियामा नेपालीसहित पाँचसय कामदार आन्दोलित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर, माघ २३ - सम्झौताअनुसार तलब, सुविधा नपाएको विरोधमा मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीलगायत करिब पाँच सय विदेशी कामदार आन्दोलित भएका छन् । टायर निर्माणसम्बन्धी इपोस्थित इभर थ्रो रबर प्रोडक्सन नामक सो कम्पनीले सम्झौताअनुसार तलब सुविधा नदिएको र विभिन्न बहानामा तलबबाटै पैसा कटौती गर्दै आएको भन्दै कामदारले कामै ठप्प पारेर विरोधमा उत्रिएका हुन् ।
आन्दोलित कामदारमध्येका एक रामकुमार पुलामीका अनुसार उनीहरुले सम्झौतापत्रमा उल्लेख भएअनुसार न्युनमत तलब ५ सय ४६ पनि पाएका छैनन् । पुलामीले सोमबार भने 'कम्पनीमा काम नहुँदा र सार्वजनिक विदाको दिनको पनि पैसा काट्ने गरिएको छ ।' दुई बर्षदेखि उक्त कम्पनीमा कार्यरत उनले होस्टल पनि अव्यवस्थित रहेको र मेडlकल फि एवं इन्सोरेन्स आदि विभिन्न शीर्षकमा समेत कम्पनीले पैसा काट्ने गरेको गुनासो गरे ।
'बेसिक ५ सय ४६ हो, गतमहिना चाइनिज न्यू इयर सहित १६ दिन छूट्टी दिइयो । अहिले १६ दिनको छूट्टीको पनि पैसा काटिएको छ । मासिक ३ सयले हामी के के गर्ने ?' उनले पैसा कटौतीलगायत विषयको विरोधमा विभिन्न १० बुँदे माग राखिएको पनि बताए । मागमा कम्पनीको काम नचलेको अवस्थामा पनि न्यूनतम मासिक तलब ५ सय ४६ रिंगेट नै पाउनुपर्ने, छुट्टीमा घर फर्कनुअघि पैसा डिपोजिट राख्ने प्रावधान हटाउनुपर्ने र सम्झौताअनुरुप रात्री अलाउन्स दिनुपर्ने लगायत उल्लेख गरिएको छ । कामदारको चर्को विरोधका कारण सोमबार सो कम्पनीको सबैजसो काम ठप्प भएको जनाइएको छ । पुलामीका अनुसार, कम्पनी पक्षसित विहान भएको छलफलमा मेडीकल लगायत विषयमा पैसा कटौती नगर्ने प्रतिबद्धता जनाएपनि विदाको दिनको बारे भने कम्पनी अझै पैसा कटौती गर्ने पक्षमै देखीएको छ । आन्दोलित कामदारले माग पुरा नभइञ्जेल काम ठप्प पारेरै विरोध जारी राख्ने जनाएका छन् । १ सय ३० नेपाली कार्यरत उक्त कम्पनीमा दुइ सय बंगलादेशी लगायत विभिन्न देशका गरी पाँचसय कामदार कार्यरत छन् । आन्दोलित नेपालीले आफ्ना समस्या समाधानका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् । उनीहरुले न्यायका लागि यहाँस्थित नेपाली दुतावासमा पनि खबर गरिदिन आग्रह पनि गरे ।

No comments: