News

Feb 5, 2012

सिंहदरबारमा भएको मुख्य ३ दल बैठक निष्कर्षबिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २२- शान्ति र संविधानका लागि सहमति जुटाउन सिंहदरबारमा भएको मुख्य ३ दलको बैठक बिना निष्कर्ष टुंगिएको छ। 'जनसत्ता' सम्बन्धी मन्त्रिपरिषदको निर्णय फिर्ता हुनुपर्ने विपक्षी अडानलाई माओवादीले अस्वीकार गरेपछि बैठक बिना निष्कर्ष सकिएको हो। बैठकमा मुख्य विपक्षी नेपाली कांग्रेसले निर्णय फिर्ता हुनुपर्ने अडान दोहोर्‍याएको थियो। एमालेले भने सरकारले विकल्प दिए पुग्ने बताएको थियो। बैठकको सुरुमै कांग्रेस नेता रामशरण महतले स्वेच्छिक अवकासमा जाने लडाकुलाई सरकारले दिएको चेक कमान्डरले खोसेको बताउँदै त्यस विषयमा छलफल गर्न आग्रह गरेका थिए। 'चेक खोसेर ४० प्रतिशत हामीलाई चाहियो भनेका छन्। पहिला यस विषयमा छलफल गरौं', बैठकमा राखेको कुरा महतले सञ्चारकर्मीलाई बताए। माओवादीले शान्ति र संविधान नचाहेको उनको आरोप थियो। जनसत्ता बारेको निर्णय फिर्ता माग गर्दै विपक्षीद्वारा अवरुद्ध हुँदै आएको संसद आज पनि नचल्ने भएको छ। 'जनसत्ता बारेको निर्णय फिर्ता भएन आज पनि हाउस चल्दैन', बैठकबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए। संसद स्थगनको कारक बन्दै जनसत्ता कार्यान्वयन सम्बन्धी मन्त्रिपरिषद निर्णय फिर्ता नहुने माओवादी उपाध्यक्ष मोहन वैद्यले बताए। 'क्याबिनेटको निर्णय फिर्ता हुँदैन', उनले भने।

No comments: