News

Feb 4, 2012

सरकारले आजबाट लाजिम्पाट क्षेत्रमा घर भत्काउन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आजबाट लाजिम्पाट क्षेत्रमा घर भत्काउन शुरु गरेको छ । स्थानीय जनताको विरोधका बावजुद एकाबिहानै डोजर लगाएर लैनचौरबाट घर भत्काउन शुरु गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही स्थानीय बासिन्दाहरुलाई नियन्त्रणमा लिएको छ। स्थानीय बासिन्दाले घर भत्काउने श्वेत आंतक बन्द गर्नुपर्ने माग राख्दै टायर बालेर प्रदर्शन गरेका छन् । यस क्षेत्रमा अहिले सडकसँग जोडिएको पसल र पर्खाल भत्काइँदै छ । सरकारले एक महिनादेखि घर खाली गर्न सर्वसाधारणलाई चेतावनी दिँदै आएको थियो भने स्थानीयवासीले सरकारले आफूहरुमाथि जर्वजस्ती गरेको भन्दै बिरोध गर्दै आइरहेका थिए । अहिले लाजिम्पाट–महाराजगञ्ज क्षेत्रमा यातायात ठप्प बनेको छ भने स्थानीयवासीको प्रदर्शन जारी छ ।

No comments: