लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, न्यूयोर्क, माघ २१ (एजेन्सी)- विश्वकै शक्तिशाली राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा कति बलियो होलिन्? यसको जवाफ उनले हालै एक टेलिभिजन कार्यक्रममा प्रमाणित गरिन्। जसले उनी आफू त्यसै विश्वकै शक्तिशाली प्रथम महिला नभएको सावितसमेत गरिन्। कार्यक्रमका बीचमा एलेन डेगेनेरेस नामकी प्रस्तोताले कसरतका लागि मिसेललाई चुनौति दिएपछि दुबैले जमिनमा प्रेसअप सुरु गरेका थिए। तर केही बेरमै ४८ वर्षीया मिसेलले एउटा प्रशिक्षित खेलाडीको शैलीमा ५४ वर्षीया एलेनलाई पछि पार्दै आफनो प्रेसअपलाई २५ सम्म पुर्याइन्। नियमितरुपमा कसरत गर्ने मिसेलले त्यो क्रमलाई केही अघिसम्म कायम राखेकी थिइन्।
No comments:
Post a Comment