News

Feb 5, 2012

राज्य पुनर्संरचना बारे काँग्रेसले फेरी छलफल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २२ - कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यही माघ २६ गते राज्य पुनर्संरचनाका सम्बन्धमा छलफल गर्ने भएको छ । यसअघि पटकपटक छलफल भएपनि खाकामा सहमति हुन सकेको थिएन । काँग्रेसका मुख्य सचिव बसन्तकुमार गौतमले आइतवार जारी गरेको बिज्ञप्तिमा बिहीबार विहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने बैठकमा राज्य पुनर्संरचनाका सम्बन्धमा छलफल हुने उल्लेख छ । साथै पार्टीका केन्द्रीय पदाधिकारी, सम्पूर्ण केन्द्रीय सदस्य एवं संसदीय दलका सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ । काँग्रेस नेताहरुले संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगको बहुमतले प्रस्तुत गरेको पहिचानको आधारमा निर्माण गरिएको १४ र ११ प्रदेशको खाकालाई अस्वीकार गर्ने सार्वजनिक रुपमा उल्लेख गर्दै आएको छ । तर, समितिमासमेत आफ्नो खाका नबुझाएको काँग्रेसले एक मतको खाका बनाउन सकेको छैन । यसअघि केन्द्रीय समिति र संसदीय दलका सदस्यहरुको संयुक्त बैठक नगरकोटमा बसेर छलफल गरेको भएपनि सहमति हुन सकेको थिएन ।

No comments: