लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २१ - 'जनसत्ता'ले गरेको घरजग्गा कारोबारलाई वैद्यता दिने निर्णयपछि प्रधानमन्त्री बाबुराम भट्टराई संसद् नगएकोमा साना दलहरुले आलोचना गरेका छन् । सिंहदरवारमा शनिबार बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलको बैठकमा नेताहरुले संसद् छलेर अपमान गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएका हो । 'लगातार सात-सात पटक बैठक अबरुद्ध हुँदा पनि प्रधानमन्त्री स्पष्ट पार्न संसद् किन आउनुभएन,' परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, 'उहाँले संसद्को अपमान गर्नुभएको छ ।' 'जनसत्ता'ले गरेको घरजग्गा कारोबारलाई वैद्यता दिने निर्णयको विरोध गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस-एमालेलगायतका दलले संसद् अवरोध गर्दै आएका छन् । जवाफ दिन प्रधानमन्त्रीसँग माग गरे पनि उनी त्यसपछि बैठक गएका छैनन् । विपक्षी दलहरुले चिनियाँ प्रधानमन्त्रीको भ्रमणपछि माग १ गते पत्रकारहरुसँग दिएको अभिव्यक्तिबारे पनि जवाफ माग गर्दै आएका छन् । प्रधानमन्त्रीले नेपाल 'भारत वा चीनसँग गाभिन सक्छ' भन्ने अभिव्यक्तिबारे संसदमा जानकारी नदिइ बाहिर स्पष्टिकरण दिएर हिंडेकोमा पनि नेताहरुले आलोचना गरेका थिए । बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को अवरोध खुलाउने विषयमा गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दललाई आग्रह गरेका थिए । 'संसद् अबरुद्ध हुँदा महत्त्वपूर्ण विद्येयक पारित हुन सकेका छैनन्,' सभामुखको भनाइ उद्धृत गर्दै सभासद् ढकालले भने ।
No comments:
Post a Comment