लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २१,गैंडाको खागको कारोबारमा सक्रिय रहेको अभियोगमा तीनजना प्रहरी पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत उनीहरुलाई प्रहरीले नै ४ सय १० ग्रामको खागसहित पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धिरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेमा हवल्दार भूपाल थापा, जवान विष्णु सुवेदी र डम्बरहादुर तामाङ छन्। पक्राउ तीनैजना प्रहरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। प्रहरीले बिहीबार बेलुका नयाँबसपार्क माछापोखरीमा खागसहित काठमाडौं टेकु बस्ने ओखलढुंगाका ४९ वर्षीय काले भन्ने सोल्टी गुरुङलाई पक्राउ गरेको थियो। गुरुङसँग अन्य तीनजना समेत संलग्न रहेको सूचनाको आधारमा प्रहरीले थापा, सुवेदी र तामाङलाई पक्राउ गरेको थियो। पक्राउपछि मात्र उनीहरू प्रहरी रहेको खुलेको थियो। थापा र सुवेदी महानगरीय प्रहरी प्रभाग बल्खु दरबन्दी भए पनि परिसरमा कार्यरत थिए। आयुक्त कार्यालयको प्रहरी परिचालन कक्षमा दरबन्दी रहेका तामाङसमेत परिसरमा खटिएका थिए।
No comments:
Post a Comment