News

Feb 8, 2012

संसद्‍मा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीले राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैङ्गलोर, माघ २५ - संसद्‍मा ब्लु फिल्म हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीले बुधबार राजीनामा दिएका छन् । संसद् चलिरहेकाबेला ब्लु फिल्म हेर्दैगर्दा समातिएका सहकारी मन्त्री लक्ष्मण सावदी, महिला तथा वाल कल्याण मन्त्री सीपी पाटिल र बन्दरगाह मन्त्री कृष्णा पालेमारले राजीनामा दिएका हुन् । भारतीय जनता पार्टी (बिजेपी)को निर्देशनमा उनीहरुले राजीनामा दिएका हुन् । तीनैजना बिजेपीका हुन् । यी मन्त्रीले विधानसभाको कारबाही चलिरहेकाबेला मोबाइलमा पोर्न भिडियो हेरिरहेका थिए । बन्दरगाह मन्त्री कृष्णा पालेमारको मोबाइलमा पोर्न भिडियो हेरिरहेको दृष्य कर्नाटकको स्थानीय न्यूज च्यानले देखाएका थिए ।

No comments: