लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, माघ २४- धनकुटाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी खड्गबहादुर चापागाईँलाई बहिस्कार गरेका छन्। जिल्ला विकास समितिको एकिकृत योजना तर्जुमा गोष्ठीमा सहभागी हुन पुगेका प्रमुख जिल्ला अधिकारी चापागाईँ प्रेस विरोधी भएको भन्दै पत्रकारहरुले बहिस्कार गरेका हुन्। प्रमुख जिल्ला अधिकारी चापाँगाईँ आए पछि कार्यक्रममा सहभागी हुन गएका पत्रकारहरुले बहिस्कारको विषयमा भनाई राख्दै हलबाट बाहिरिएका थिए। धनकुटा महोत्सव तथा पुर्वाञ्चल ब्यापार मेलामा पत्रकारहरुलाई बन्धक बनाउनको लागि निर्देशन दिने प्रमुख जिल्ला अधिकारी चापागाईँलाई धनकुटाका पत्रकारहरुले बहिस्कार गर्दै आएका छन्। प्रजिअ चापागाईँको निर्देशनमा माघ १५ गते धनकुटाका पत्रकारहरुलाई सुरक्षाकर्मीले ४ घण्टा सम्म बन्धक बनाएर राखेको थियो।
पत्रकारहरुलाई बन्धक बनाउन निर्देशन दिने प्रमुख जिल्ला अधिकारीले सार्वजानिक माफी माग्नु पर्ने, सरुवा हुनु पर्ने माग पत्रकारहरुले गर्दै आएका छन्।
No comments:
Post a Comment