लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको अन्तरिक्षा एजेन्सी नासाले नयाँ अन्तरिक्षी यात्रीहरुका लागि गरेको एक विज्ञापनमा ६ हजार ३ सयभन्दा बढीले आवदेन दिएका छन् । अन्तरिक्षामा जानका लागि यात्रीहरुका लागि गरिएको विज्ञापनमा यती ठूलो संख्यामा आवेदन परेको हो । जसमा बढीमा १५ जना छनोट हुने नासाले जनाएको छ । नासालाई उद्घृत गर्दै बीबीसी समाचार सेवाले भनेको छ "यती ठूलो संख्यामा आवेदन परेको यो दोस्रो पटक हो ।" नयाँ अन्तरिक्षी यात्रीहरुलाई दुई वर्षसम्म प्रशिक्षण दिइने छ । जसमा रुसी भाषा र अन्तरिक्षामा कसरी हिड्ने भन्नेबारेमा सिकाइने छ । गत बिहीबार नासाले पहिलो पटक अन्तरिक्षामा जानका लागि यात्रीहरुका लागि विज्ञापन गरेको हो ।
No comments:
Post a Comment