News

Feb 4, 2012

३ दलीय सहमति निर्माण गर्न साना दलको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २१- शान्ति र संविधानका लागि राजनीतिक सहमति जुटाउन बोलाइएको ३३ दलको बैठक सम्पन्न भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले सञ्चालन गरेको बैठकमा साना दलहरु मुख्य ३ दलका कमजोरी औंल्याउँदै मिलेर अघि बढ्न सल्लाह दिएका छन्। सिंहदरबारस्थित संवैधानिक समितिको सभाकक्षमा भएको बैठकमा ठूला दलको झगडाले शान्ति र संविधानको काम अड्किएको आरोप लगाए। 'ठूला ३ दलको नाडी छाम्ने काम गर्‍यौं', बैठकमा सहभागी नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने- 'समस्या ठूला ३ दलमा छ। हामीले पहिला त्यो मिलाउनु परो भन्यौं।'बैठकमा माओवादी अध्यक्ष दाहालले शान्ति र संविधान अघि बढाउन सबैको सहयोग र उत्प्रेरणा जरुरी रहेको बताएका थिए। तीन दलबीच सहमतिका आधार तयार पारेपछि पुनः ३३ दलको बैठक बोलाउने जानकारी उनले दिए। संविधान निर्माण पनि शान्ति प्रक्रियाकै एक भाग भएकोले सबै मिलेर अघि बढ्नु पर्ने उनले बताए। 'तपाइँहरुका सुझाव हामीले टिपोट गरेका छौं', दाहालले भने- 'विवाद धेरै ३ दलबीच नै हो। टिपोटलाई आधार बनाएर हामी सहमतिको आधार बनाउँछौं।'सहमति निर्माणका लागि भोलि ११ बजे ३ दलको बैठक तय भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए।

No comments: