लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हवाना, क्युबा, माघ २२ (एजेन्सी)-क्युबाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रो लामो समयपछि आफ्नो पुस्तक विमोचनका अवसरमा सार्वजनिक रुपमा देखिएका छन् । गुरिल्ला अफ टाइम नामको यस पुस्तकमा उनको बाल्यकालदेखि सत्तामा आउँदासम्मको यात्रा समेटिएको छ । ८५ वर्षीय कास्ट्रोले भने,'क्युबाको हरेक नागरिको कर्तब्य भनेको नै अन्तिम समयसम्म देश, ग्रह, एवम् मानवताका लागि सङ्घर्ष गर्नु हो ।' हवाना कन्वेन्सन् सेन्टरमा भएको समारोह छ घण्टाभन्दा बढी समयसम्म चलेको कम्युनिस्ट पार्टीको समाचारपत्रलाई उद्दृत गर्दै बिबिसीले जनाएको छ । यो पुस्तक फिडेल कास्ट्रो र पत्रकार कातियुस्का ब्लैकोबीचको कुराकानीमा आधारित छ । कास्ट्रोको बाल्यकालबाट सुरु भएको पुस्तकले पाठकलाई डिसेम्बर १९५८ सम्म लैजान्छ जब कास्ट्रो र उनका समर्थकले सत्ता कब्जा गरेका थिए । विमोचनका अवसरमा कास्ट्रोले समसामयिक विषयमा कुराकानी गरेका थिए । उनले निशुल्क शिक्षाको अधिकारलाई लिएर ल्याटिन अमेरिकी छात्रहरुको आन्दोलनको प्रशसा गरे । कास्ट्रोले आफ्ना मित्र तथा भेनेजुएलाका राष्ट्रपति ह्युगो सावेजको पनि प्रशसा गर्दै उनले आफ्नो मुलुकका लागि धेरै काम गरेको बताए । उनी पछिल्लो पटक गत वर्ष अप्रेलमा कम्युनिस्ट पार्टीको सम्मेलनमा सार्वजनिक रुपमा देखिएका थिए । कास्ट्रोले सन् २००६ मा आफ्ना भाइ राउललाई राष्ट्रपति बनाएका थिए । त्यसपछि उनी समाचारबाट टाढा रहँदै आएका थिए ।
No comments:
Post a Comment