News

Feb 6, 2010

बस दुर्घटना हुँदा सातको मृत्यु १४ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, माघ २२ ,नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार राति लुम्बिनी दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बा. २ ख ६२७१ नम्बरको बस चण्डीभञ्ज्याङ-३ जलवीरे घुम्तीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट तीर्थयात्री बोकेको बस जलवीरेको घुम्तीमा पुलबाट १५ मिटर तल खोँचमा खसेर उक्त दुर्घटना भएको हो ।दुर्घटनामा कीर्तिपुर नगरपालिका-१९ का वर्ष चारका शुभेच्छा बाँस्कोटा, सोही वडाका वर्ष २६ का कृष्ण बाँस्कोटा, सोही वडाका वर्ष ५० का रामबाबु बाँस्कोटा, सोही ठाउँका वर्ष ३० की रेखा खनाल, कीर्तिपुरकै वर्ष १९ की लक्ष्मी खनाल, भक्तपुरका वर्ष ३५ का विष्णु प्रजापति, मातातीर्थ गाविस-२ का वर्ष ५२ का रामचन्द्र रिजालको मृत्यु भएको हो । विष्णु प्रजापति र रामचन्द्र रिजालको घटनास्थलमा र अन्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको मुग्लिनबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि चितवन पठाएको थियो ।सो घटनामा कीर्तिपुर-१९ का दीपक खनाल, वासु रूपाखेती, मैँया खनाल, मधुसूधन खनाल, भवानी खनाल, भगवती बाँस्कोटा, सावित्री खनाल, उर्मिला खनाल, वसन्तकुमार खनाल, सुनिता बाँस्कोटा, काइली आमा, केशवप्रसाद आचार्य र सुलोचना आचार्य घाइते हुनुभएको छ । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

No comments: