News

Feb 1, 2012

गच्छदारले कांग्रेस र एमाले संघीयताको विरोधी भएको बताए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले कांग्रेस र एमाले संघीयताको विरोधी भएको बताएका छन् । संघीयताको विरोधी रहेकोले उनीहरुको निर्देशनमा राज्य पुनर्संरचना आयोगका केही सदस्यले आचारसंहिता विपरित फरक मत बुझाएको बताए । आयोगका बहुमत सदस्यले बुझाएको संघीयताको प्रतिवेदन सरकारलाई मान्यहुने बताएका छन् । बहुमत सदस्यले बुझाएको संघीयताको प्रतिवेदनमा हिमाल, पहाड र तराइ, मधेस सबैको पहिचान र अस्तित्वलाई समेट्ने उनको भनाइ छ । बुधबार विराटनगरको विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भने 'त्यस प्रतिवेदनमा मधेसी मोर्चा र माओवादीको स्वायत्त प्रदेशको अवधारणासँग समानता रहेको छ ।'

No comments: