News

Feb 1, 2010

भारतप्रति सत्तारुढ प्रमुख दश दलको पनि असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ फेब्रुअरी, २०१०,सरकार सञ्चालनमा समर्थन गर्दै आएका सत्तारुढ प्रमुख दश दलको बैठकमा भारतले गरेको सन्धि पुनरवालोकनको विषयमा छलफल भएको छ । बैठकमा भारतले सुपुर्दगी सन्धी गरेर हैरान बनाउन खोजेको भन्दै दलहरुले आपत्ति जनाएका थिए । सिहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा भर्खरै सम्मपन्न बैठकमा सुपुर्दगी सन्धी एयर मार्शल र पारम्परीक कानुनी सहायता लगायतका बिषयमा पनि छलफल भएको राप्रपाका अध्यक्ष पशुपति सम्शेर राणाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री माधबकुमार नेपाल र गृहमन्त्री भिम रावलले भारतले प्रस्ताव गरेका सन्धीहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस लगत्तै दलका नेताहरुले आआफ्ना धारणा राखेका थिए । आजको बैठकमा काँग्रेस एमाले फोरम लोकतान्त्रीक तमलोपा राप्रपा राजपा लगायतका दलहरुको सहभागिता रहेको थियो । त्यस्तै बैठकमा संबिधान सभाका बिषयगत समितिहरुका प्रतिबेदन र उच्च स्तरीय राजनीतिक संयन्त्रका बिषयमा पनि छलफल भएको जनाइएको छ ।

No comments: