News

Feb 3, 2010

संविधानसभाका ११ वटा मस्यौदा थारुहरुले जलाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ फेब्रुअरी,२०१०,संविधानसभाका ११ वटा मस्यौदाहरुले तराईका थारु तथा आदिवासी जनजाति, मुस्लिम, दलित तथा अन्य अल्पसंख्यक समुदायलाई गरेको घोर अन्यायको विरोध गर्दै थारु कल्याणकारिणी सभाले आज अपरान्ह काठमाडौंमा संविधानसभाका ११ वटै मस्यौदाहरु जलाएर संविधानसभालाई खबरदारी गर्ने जनाएको छ । सभाले तराईलाई बहुप्रदेश बनाइनुपर्नेमा दुई वटा प्रदेश मात्र बनाइएको, तराईमा भइरहेको मधेसीकरण भावी संविधानका मस्यौदाहरुमा समेत देखिएकोमा विरोध गर्दै र निर्धारित समयमा संविधान बनाइयोस् तथा संविधानसभाको कार्यकाल थप्ने दुस्साहस नगरियोस् भन्दै संविधानसभाका ११ वटै मस्यौदाहरु आज अपरान्ह ३ बजे नयाँ बानेश्वर चोकमा जलाउने जनाएको छ ।

No comments: