लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ फेब्रुअरी, २०१०,नेपाली काँग्रेसका सभापति एवं उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री माधबकुमार नेपालबीच राजनीतिक सहमतिका विषयमा कुराकानी भएको छ। कोइराला निवास महाराजगन्जमा आज बिहान भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अबस्था माओबादी लडाकुको पुनस्थापना रेखदेख र समायोजन लगायतका बिषयमा छलफल भएको प्रधानमन्त्री माधबकुमार नपालले जानकारी दिनु भयो ।कोइरालासँगको भेटपछि कुरागर्दै प्रधानमन्त्री नेपालले माओबादीका अस्थायी शिविरमा रहेका माओबादीका लडाकुको रेखदेख पुनस्थापना ब्यवस्थापन र समायोजन गर्न बनेको बिषेश समितिले गरेको कामका बारेमा छलफल भएको बताउनु भयो । प्रधानमन्त्री नेपालले माओबादी लडाकुको ब्यवस्थापन पुनस्थापना र समायोजन सम्बन्धमा तयार पार्नु भएको प्रस्तावका सम्बन्धमा पनि उहाँहरुका बीच छलफल भएको थियो । प्रधानमन्त्री नेपालले १ सय १२ दिन भित्र लडाकुको ब्यवस्थापन गर्न प्रस्ताव तयार गर्नु भएको थियो । प्रस्तावमा लडाकुको चेन अफ कमाण्ड र लडाकुको सचिववालय लगायतका बिषय रहेका छन् ।भेटमा संयन्त्रको बैठकमा नियमित आउन कोइरालाले नेपाललाइ बोलाउनु भएको बताइएको छ।

No comments:
Post a Comment