लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ फेब्रुअरी,२०१०,एकीकृत माओवादीको स्थायी समितिको बैठक आज बुधबार काठमाडौंमा बसेको छ ।दुई दिन स्थगनपछि आज बिहानैदेखि पार्टी अध्यक्ष प्रचण्ड निवास, नयाँ बजारमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाका बारेमा पार्टीका नेताहरुबीच गलफत्ती भईरहेको समाचारस्रोतले जनाएको छ । एकीकृत माओवादीले आजै नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताका लागि नयाँ चरणको आन्दोलन समेत तय गर्ने माओवादीस्रोतले जनाएको छ ।शनिबारको बैठकमा पनि दुई पक्षमा विभाजित नेताहरुबीच तीब्र विवाद बढेको थियो । पार्टीको भावी कार्यदिशाका बिषयमा माओवादीमा तीब्र मतभेद कायम रहेको छ । पार्टी एकीकरणपछि पदीय मर्यादाका क्रममा पार्टीका उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ 'प्रकाश'बीच तीब्र मतभेद देखिएको थियो ।

No comments:
Post a Comment