News

Feb 5, 2010

संवैधानिक समितिले संविधान निर्माणको प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५,फेब्रुअरी, २०१०,विषयगत समितिले तयार गरेका प्रारम्भिक मस्यौदामाथिको छलफल सकिएपछि संविधान निर्माणको मूल कार्यतालिका आजबाट सुरु हुने भएको छ।संवैधानिक समितिलेआजबाट संविधानको पहिलो मस्यौदा निर्माण थाल्नेछ । यसकालागि समितिको बैठक अहिले बसिरहेको छ। ।संवैधानिक समितिले मस्यौदा तयारीका लागि आजबाटै छलफल आरम्भ गरेको सभापति नीलाम्बर आचार्यले जनपुकारलाइ बताए। । संविधान निर्माणको पूर्वनिर्धारित कार्यतालिकाअनुसार संवैधानिक समितिले पहिलो मस्यौदा निर्माण गत साउनमै सकिसक्नुपर्ने थियो । तर विषयगत समितिले प्रारम्भिक मस्यौदा निर्माणमा ढिलाइ गरेपछि नवौंपटक कार्यतालिका संशोधन भई यो काम झन्डै ७ महिनापछि मात्र सुरु हुन लागेको छ।संविधान जारी गर्ने अन्तिम समयसीमा अब १ सय १२ दिनमात्र बाँकी छ । यो अवधिमा संवैधानिक समितिले पहिलो मस्यौदा तयार गर्ने, त्यसलाई संविधानसभाको पूर्ण बैठकमा छलफल गर्नुपर्ने छ । पहिलो मस्यौदालाई अन्तिम रूप दिई जनमत संकलनमा लाने र राय समेटेर कार्ययोजना तयार गर्ने, जनताका सुझावसम्बन्धी विस्तृत प्रतिवेदन पूर्ण बैठकमा पेस गर्ने, संविधानको विधेयक तयार गर्ने र विधेयकमा संशोधन र दफाबारे छलफलसहित दुई तिहाइ बहुमतबाट प्रत्येक दफा पारित गर्दै लाने काम बाँकी रहेकाले दलहरुबीच सहमति जरुरी रहेको छ। दलहरु नै विभाजित भए तोकिएको समयमा संविधान नबनने पका रहेको छ।

No comments: