लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, २० माघराजधानीलगायत देशका विभिन्न स्थानमा बम विस्फोट गराएर चर्चामा आएका सशस्त्र भूमिगत संगठन तराई आर्मीका केन्द्रीय अध्यक्ष सञ्जयकुमार साह र केन्द्रीय सदस्य बलिराम दासले बुधबार आत्मसमर्पण गरेका छन् । मिस्टर सागर भनिने साह र मिस्टर विशाल भनिने दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा आत्मसमर्पण गरेका हुन् ।उनीहरूले थ्री फिप्टिन पेस्तोल दुईथान, आधुनिक लामो बन्दुक एकथान र त्यसमा लाग्ने गोलीसमेत प्रहरीलाई बुझाएका छन् । दुवैजनाले आइन्दा आपराधिक गतिविधि त्यागी सर्वसाधारण नागरिकसरह जीवनयापन गर्ने प्रतिबद्धता जनाएको प्रहरीले बताएको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी कम्लेश्वरकुमार सिन्हाको उपस्थितिमा साह र दासले आत्मसमर्पण गरेका हुन् । काठमाडौंलगायतका देशका विभिन्न स्थानमा बम विस्फोट, अपहरण र चन्दा असुलीमा सक्रिय रहँदै आएका उनीहरूलाई एमालेका रौतहट सदस्य सचिदानन्द साहको पहलमा आत्मसमर्पण गराइएको हो । प्रहरी कारबाहीमा तराई आर्मीका तत्कालीन अध्यक्ष मिस्टोर जोन भनिने कौसल सहनीको मृत्यु भएपछि आफू अध्यक्ष भएको आत्मसमर्पणपछि साहले बताए । साहले आपनो संगठन रौतहटमा मात्र केन्दि्रत रहेको र अब भूपेन्द्र दास मात्र बाँकी रहेको बताएका छन् । त्यसअघि आफूले चन्द्रनिगाहपुरमा मोटरसाइकल मर्मतको काम गर्ने गरेको समेत उनले बताए ।रौतहटमा प्रहरीले सक्रियता बढाउँदै लगेपछि तराई आर्मीका ६ जना कार्यकर्ता पक्राउ परेका छन् भने तीनजनाले यसअघि नै आत्मसमर्पण गरिसकेका छन् । बुधबार नै प्रहरीले ज्वालासिंह समूहका तीनजनालाई पनि सार्वजनिक गरेको छ । रौतहट सोनरनिया घर भएका ज्वालासिंह समूहका मधुसूदन यादव, दीपेन्द्र यादव र सुनील यादवलाई तीन थान नलकटुवा बन्दुक र एकथान सकेट बमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment