News

Feb 3, 2010

अमेरिका र चीनको सम्बन्ध बिग्रनसक्ने चेतावनी चीनले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ अमेरिकी राष्ट्रपति बाराक ओबामा र दलाई लामाबीच कुनै प्रकारको भेटले अमेरिका र चीनको सम्बन्ध बिग्रनसक्ने चेतावनी चीनले दिएको छ । 'अमेरिकी राष्ट्रपति ओबामा र तिब्बती आध्यात्मिक नेता दलाई लामाबीच कुनै प्रकारको भेटले चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारको गहिरो अवमूल्यन गर्छ,' चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त कार्यसमिति विभागका कार्यकारी निर्देशक जु वेइक्युनले भने । दलाई लामाका प्रतिनिधिसँग भएको वार्ताको जिम्मा वेइक्युनले लिएका थिए । यसै महिनाको अन्त्यतिर दलाई लामा अमेरिका जाने भएका छन् । लामाको यस भ्रमणका क्रममा ओबामा र उनको भेट हुनसक्ने अमेरिकी अधिकारीहरूले संकेत दिएपछि चीनको चेतावनी आएको हो । दलाई लामा केवल आध्यात्मिक नेता हुन् भन्ने दाबी गलत भएको वेइक्युनले पत्रकार सम्मेलनमा बताए । दलाई लामा पृथकतावादी समूहको नेता भएको पनि उनले बताए । लामासँग ओबामाको भेटको मिति तय गरिएको छैन । तर, गत महिना ह्वाइट हाउसका प्रवक्ता माइक हयाम्मरले भनेका थिए, 'दलाई लामासँग भेट्ने हाम्रो योजना रहेकोबारे राष्ट्रपतिले चीनलाई स्पष्ट पारिसकेका छन् ।'अमेरिकाले ताइवानलाई ६ अर्ब ४० करोडको हतियार बेच्ने घोषणा शुक्रबार गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । यो घोषणासँगै चीनले अमेरिकासँगका सबै सैन्य आदानप्रदान रोकेको छ । हतियार बिक्रीमा संलग्न अमेरिकी कम्पनीविरुद्ध नाकाबन्दी लगाउने चेतावनी पनि चीनले दिएको छ ।

No comments: