News

Feb 3, 2010

कबड्डीमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ढाका, बंगलादेश, नेपालले ११औं दक्षिण एसियाली खेलकुद (साग) मा मंगलबार पुरुष कबड्डीबाट कांस्य पदक सुनिश्चित गरेको छ। ढाकास्थित कबड्डी स्टेडियममा हिजो टोलीले श्रीलंकालाई २६-१६ ले पराजित गर्दै पदकतालिकामा अंक बढाएको हो। अब नेपालले दक्षिण एसियाको कबड्डीमा सशक्त टोली पाकिस्तानको सामना गर्नेछ। नेपाली टोलीले पहिलो हाफ १५-७ तथा दोस्रो हाफमा ११-९ ले अग्रता लिँदै श्रीलंकाको चुनौती समाप्त गरेको थियो। कबड्डी दक्षिण एसियाली खेलकुद (साग) मा अनिवार्य समावेश गर्नैपर्ने खेल हो। महिलातर्फचारवटा टिम मात्र सहभागी भएकाले नेपालको पदकतालिकामा यसले संख्या बढाउन भने मद्दत गर्नेछ। दुई टिमलाई तेस्रो घोषणा गर्ने आयोजकको नीतिअनुसार नेपाली महिला कबड्डी टोली पदकको सुनिश्चित हकदार हो।

No comments: