लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २१-कार्यलय सयममा स्वास्थ्य मन्त्रालय मातहतका ७० प्रतिशत कर्मचारी अनुपस्थित भएको पाइएको छ। स्वस्थ्य मन्त्री उमाकान्त चौधरीले विहीबार विहान १० देखि १०.४५ सम्म छड्के निरीक्षण गरेका थिए। कार्यलय समयमा कार्यलय समयमा मन्त्रालयका अधिकांश कर्मचारी अनुपस्थित भएर सेवा प्रभावित भएको गुनासोपछि मन्त्री अनुगमनमा निस्किएका थिए। सो क्रममा योजना महाशाखा प्रमुख डा.लक्ष्मीराज पाठक, अनुगमन महाशाखा प्रमुख डा.पदमबहादुर चन्द, आर्यवेद महाशाखा प्रमुख डा.कृष्णराज पराजुली, चिकित्सा महाशाखा प्रमुख डा.सेनेन्द्रराज उप्रेती लगायत लेखा प्रशासन शाखाका प्रमुख र अन्य अधिकांश कर्मचारी थिएनन्। मन्त्रालयमा हाल करिव १ सय कर्मचारी कार्यरत छन्।पहिलो चरणमा सचेत गराइने र यसमा सुधार नआएर विभागीय कारवाही अगाडी बढाउँने चेतावनी दिएको मन्त्रीका प्रेस सल्लाहकार भविन्द्र कार्कीले बताए।
No comments:
Post a Comment